Friday, November 14, 2025
spot_img

भृकुटीमण्डपमा सुरु भयो नेपाल अन्तराष्ट्रिय व्यापार मेला

spot_img

काठमाडौँको भृकुटीमण्डपमा १० औं नेपाल अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ । मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उद्घाटन गरेका छन्।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी पवद्र्धन केन्द्र (टीइपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला सुरु भएको हो।

मेला उद्घाटन गर्दै मन्त्री भण्डारीले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने बताए। उनले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताए ।  नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको उनले उल्लेख गरे।

मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान र बङ्गलादेशका स्टलहरु सहभागि हुनेछन् भने र थाइल्याण्डको सहभागिता छ। नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न मेलाले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। मेलामा स्वदेशी तथा विदेशी गरी कुल २५० भन्दा बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिएको छ। मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

मेलामा  मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन पनि रहेको छ । यस्तै मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरु समेत राखिएका छन् ।

 मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु छन् । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षिय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुने छ। मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, स्मार्टवाच , बगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरु रहेको छ ।

मेलाको मुख्य प्रायोजकका रुपर्मा आइएमइ पे तथा स्पोन्सरका रुपमा हेरिटेज कार्पेट रहेकोछ। मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएकोछ।

आजदेखि सुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img