Sunday, February 8, 2026
spot_img

टिओडी मिटरको छिनाफानो विद्युत नियमन आयोगले गर्नुपर्छः उर्जामन्त्री खड्का

spot_img
spot_img

उर्जामन्त्री दीपक खड्काले सरकारले सरकारले ट्रंक लाइन डेडिकेटर र ट्रंक लाइनको विद्युत महशुल नउठाउ नभनेको बताएका छन् । विद्युत नियमन आयोगको छौठौं वार्षिक उत्सवको आयोजनामा आयोजित समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले आफू विरुद्ध मिडियामा विभिन्न प्रचारबाजी भएपनि आफूले कहिल्यै त्यस्तो दबाब नदिएको बताएका हुन् ।

मन्त्री खड्काले टिओडी मिटरमा देखिएको विवाद छिनोफानो गर्ने जिम्मेवारी विद्युत नियमन आयोगको रहेको बताए। विद्युत वक्यौतामा देखिएको समस्यालाई छिनोफानो गर्नेगरी नियमन आयोगलाई लगाउनुपर्ने खड्काको भनाई छ । उर्जा क्षेत्रमा हिजोका दिनमा झोलामा खोला भन्ने प्रचलन रहेको बताउँदै खड्काले आजको दिनमा त्यो मोडिफाइ भइसकेको दाबी गरे ।

उनले भने–‘टिओडी मिटरका विषयलाई लिएर यतिधेरै विवाद भयो । तिर्नुपर्ने रकम नतिर्ने, विद्युत प्राधिरकणले वक्यौता उठाउन नसक्ने र अनर्गल प्रचार गरियो । यसले कसलाई फाइदा पु¥याउछ ? वास्तवमा यसको छिनोफानो गर्ने जिम्मेवारी नियमन आयोगको हो । उपभोक्ता भन्नुहुन्छ हामी तिर्न तयार छौं, बिल दिने संस्था भन्छ हामीले जे लेख्यौं त्यही बिल हो, अर्थात हामीले पठाएकै बिल हो । भनेपछि त्यो बिला ठिक छ की छैन्, भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो । सरकार हरेक पक्षले न्याय हुनेगरी उपभोग गरेबापतको महशुल तिर्न उद्योगीलाई भनेको छ र उपभोक्ता नठगिने गरी बाँकी बक्यौता उठाउन सरकारले भनिरहेको छ ।’

मन्त्री खड्काकाअनुसार निजी क्षेत्रसँग हातेमालो गर्दै यसक्षेत्रको विकास गर्न सकिन्छ भन्ने बुझाइ सरकारको छ । त्यसैअनुसार बाधा अड्चन हटाउने कानूनहरु परिमार्जन गर्न सरकार तयार रहेको बताउँदै उनले सबै क्षेत्रमा भएका काम नगर्ने प्रवृत्तिलाई हटाएर अघि बढ्न जरुरी रहेको बताए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...
spot_img