Friday, December 12, 2025
spot_img

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, नयाँ चाउचाउ पनि उत्पादन हुने

spot_img

एसियन थाई फुड्स प्रालिले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्।

उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो। सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो। यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू—‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’—सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ।

कम्पनीले यी उत्पादनहरू भारत लगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ। करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ। यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...

सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारणसभा आज

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज मङ्सिर २६ गते आफ्नो ७...

सुनचाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज शुक्रबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...

रिलायन्सको आईपीओमा म्युचुअल फण्ड र वैदेशिक कोटा दुवैमा १८ गुणा बढीको आवेदन

रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को...
spot_img
spot_img