Thursday, November 13, 2025
spot_img

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले उद्यम व्यवसायका क्षेत्रमा देखिएका समस्या आगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका डा. खतिवडाले चालु आर्थिक वर्षमा ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन सक्ने पनि बताएका छन् ।

चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.५ देखि ५ प्रतिशतको हाराहारीमा हुने बताउँदै उनले उत्पादनमुलक उद्योगको वृद्धिदर गत वर्ष नकारात्मक भएपनि यो वर्ष सकारात्मक रहेको र निर्माण र सेवा क्षेत्रका सूचकहरु पनि सकारात्मक रहेको बताए ।

अहिले उत्पादित तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार मूल्य बढी भएकोले त्यसमा सम्बोधन गर्नुपर्ने र औद्योगिक कच्चा पदार्थ आयातलाई सहजिकरण गर्ने गृहकार्य भईरहेको समेत खतिवडाले जानकारी दिए ।

कार्यक्रममा महासंघका अध्यक्ष भागिरथ सापकोटाले सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले निजी क्षेत्रका अघिकांश सुझाव समेटेको बताउँदै उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img