काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्द हुने भएको छ । शुक्रबार रातीदेखि टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार शुक्रबार राती ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म ठहिटी, असन, भेडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागल लगायतका क्षेत्रमा सेवा अवरुद्ध हुनसक्नेछ ।
एफटीटीएच सेवाको आन्तरिक मर्मत सम्भार तथा स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुन सक्ने नेपाल टेलिकमले जनाएको छ ।
सूचनाः