Sunday, May 25, 2025
spot_img

राज्यमन्त्री कान्छारामका दुःखः सचिवविरुद्द मुद्दा हाल्ने तयारी

spot_img
spot_img

उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले ऊर्जा सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेकामा सचिवले प्रष्टिकरण बुझाएनन् । उनले राज्यमन्त्रीले विना कुनै कारण र प्रक्रियासमेत अबलम्बन नगरी सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् ।

राज्यमन्त्री तामाङले गत चैत २८ गते सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । तर, हालसम्म सचिव आचार्यले प्रष्टिकरण बुझाएका छैनन् ।

राज्यमन्त्री तामाङले भने शुक्रबारसम्म सचिवले स्पष्टीकरण नदिएको र आइतबार फेरि स्पष्टीकरण सोध्ने बताएका छन् ।

‘आजसम्म सचिवले स्पष्टीकरण दिएको छैन, आइतबार फेरि सोध्छु’ राज्यमन्त्री तामाङले भने, ‘फेरि सोध्दा पनि दिएन भने अदालतमा मुद्दा हाल्ने तयारी गरेको छु ।’

जलस्रोत तथा सिँचाइ विभागले चैत २५ गते आयोजना गरेको सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सव कार्यक्रममा राज्यमन्त्री तामाङ प्रमुख अतिथि थिए । तर, आफू सहभागी कार्यक्रम सचिव आचार्यले बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले स्पष्टिकरण सोधका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img