Saturday, January 17, 2026
spot_img

राज्यमन्त्री कान्छारामका दुःखः सचिवविरुद्द मुद्दा हाल्ने तयारी

spot_img
spot_img

उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले ऊर्जा सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेकामा सचिवले प्रष्टिकरण बुझाएनन् । उनले राज्यमन्त्रीले विना कुनै कारण र प्रक्रियासमेत अबलम्बन नगरी सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् ।

राज्यमन्त्री तामाङले गत चैत २८ गते सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । तर, हालसम्म सचिव आचार्यले प्रष्टिकरण बुझाएका छैनन् ।

राज्यमन्त्री तामाङले भने शुक्रबारसम्म सचिवले स्पष्टीकरण नदिएको र आइतबार फेरि स्पष्टीकरण सोध्ने बताएका छन् ।

‘आजसम्म सचिवले स्पष्टीकरण दिएको छैन, आइतबार फेरि सोध्छु’ राज्यमन्त्री तामाङले भने, ‘फेरि सोध्दा पनि दिएन भने अदालतमा मुद्दा हाल्ने तयारी गरेको छु ।’

जलस्रोत तथा सिँचाइ विभागले चैत २५ गते आयोजना गरेको सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सव कार्यक्रममा राज्यमन्त्री तामाङ प्रमुख अतिथि थिए । तर, आफू सहभागी कार्यक्रम सचिव आचार्यले बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले स्पष्टिकरण सोधका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img