Sunday, February 8, 2026
spot_img

लक्ष्मी ल्यूव आयलको च्यानल मिट २०२५ सम्पन्न

spot_img
spot_img

टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिले आफ्नो रिटेलर मिट २०२५ सफलतापूर्बक सम्पन्न गरेको छ। टोटल इनर्जिज इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमखु आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक(निर्यात) पर्बिन कुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकर श्रेष्ठ, निर्देशकहरु अनुकुल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठ र सेल्स हेड सुबोध थापा लगायतको उपस्थिती रहेको थियो ।

नेपालमा टोटल इनर्जिज ब्रान्डको विकासका लागि नयाँ योजना, रणनिती र प्रगतिका बारेमा जानकारी गराउँदै डिलर र रिटेलरहरुसंगको सम्वन्धलाई सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो । कम्पनीक अनुसार, देशभरका २०० भन्दा बढि डिलर र रेटलरहरु सहभागी उक्त कार्यक्रम लक्ष्मी ल्यूब आयलको हालसम्मकै सबैभन्दा ठूलो डिलर कार्यक्रम हो ।

कार्यक्रमको शुभारम्भ गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाली लुब्रिकेन्ट बजारमा चुनौती र अवसर दुबै भएको बताए । व्यवसायको सफलतामा डिलर तथा रिटेलरहरुको महत्वपूर्ण भुमिका रहने धारणा राख्दै उनले, टोटल इनर्जिजसंगको सहकार्यलाई अझ बलियो बनाउने विश्वास ब्यक्त गरे ।

टोटल इनर्जिज मार्केटिङ इण्डियाका प्रमखु कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जिजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी गराए । साथै उनले, कम्पनीको नविनता, गुणस्तर र पर्यावरणिय उत्तरदायित्व प्रतिको अटल प्रतिबद्धताको चर्चा गर्दै ग्राहकहरुलाई कसरी अत्याधुनिक प्रबिधी र दिगो प्रयोगको माध्यमबाट उत्कृष्ट उत्पादनहरु प्रदान गरिरहेको बारे प्रकाश पारे ।

यसैगरी, पर्बिन कुमार र सुबोध थापाले २०२४ मा भएका विविध गतिबिधी तथा नेपालमा बजार विस्तारको योजना र रणनितीका बारेमा प्रस्तुति दिए । उनीहरुले टोटल इनर्जिज लुब्रिकेन्ट्सको बृद्धिमा डिलरहरुको साथ र समर्थनको महत्वलाई जोड दिए ।

कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरुलाई सम्मान गरिएको थियो । काठमाडौं जोरपाटिस्थित शंकर यमुना अटो पार्ट्सलाई गत वर्षको उत्कृष्ट डिलरको अवार्ड प्रदान गरिएको थियो भने चन्द्रागिरी स्थित चन्द्रागिरी अटो क्लिनिकले उत्कृष्ट रिटेलर र किसान ट्रेडिङ कन्सर्नले उत्कृष्ट ओइएम ÷फ्लििट अवार्ड हात पारे । उनीहरुलाई प्रमुख अतिथीसहित लक्ष्मी ग्रुपका अध्यक्ष लगायतले अवार्ड हस्तान्तरण गरे ।

कार्यक्रमा सहभागी सम्पूर्ण डिलर तथा रिटेलरहरुलाई उनीहरुले ब्रान्डको प्रवद्र्धन गर्न निरन्तर गरेको योगदान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम अबधीभर उनीहरुले लक्ष्मी आयल ल्यूब आयलसंगको सहकार्यका अनुभवहरु साझा गर्दै कम्पनीको समर्थन, समयमै आपूर्ती र उत्पादनको गुणस्तरप्रतिको प्रतिबद्धतावारे छलफल गरे ।

यस च्यानल मिट कार्यक्रमले लक्ष्मी ल्यूब आयलको विश्वसनिय वितरको भूमिकालाई सुदृद्ध बनाउँदै नेपालमा टोटल इनर्जिज लुब्रिकेन्ट्सको बृद्धिका लागि ठोस आधार तयार गरेको कम्पनीको भनाई छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...
spot_img