Tuesday, February 10, 2026
spot_img

विवाह गर्न पाउने उमेर घटाउने सरकारको तयारी, कति राख्ने भन्नेबारे संसदमा छलफल

spot_img
spot_img

प्रतिनिधिसभा, न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने भन्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ । समितिको आजको बैठकमा सांसदहरु नागिना यादव, रञ्जुकुमारी झा, पूर्णबहादुर घर्तीलगायतले विवाहसम्बन्धी हालको व्यवस्था व्यावहारिक नभएको भन्दै त्यसलाई संशोधन गरी १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिए ।

समितिका सदस्य यादवले कानुनले विवाहको उमेर २० वर्ष भने पनि सामाजमा व्यावहारिक अभ्यासका रुपमा कतिपयको त्यसअघि भइरहेको बताइन् । हालको उमेरको हद अव्यावहारिक भयो, यो व्यावहारिक हुनुपर्छ । नागरिकताको प्रमाणपत्र १६ वर्षमा, प्रहरीजस्तो जोखिम व्यहोर्नुपर्ने सङ्गठनमा भर्ना १८ वर्षमा हुन्छ भने विवाह किन हुन्न विवाहको उमेर १८ वर्ष गरिनै पर्छ।

विवाहसम्बन्धी उमेर घटाइनुपर्छ भन्ने कुनै सांसद र संसद्को माग नभई समाजबाट उठाइएको विषय भएको उल्लेख गर्दै सदस्य यादवले भने, १८ वर्ष पुगेका युवायुवतीबीचको प्रेम सम्बन्धबाट जन्मिएका सन्तानको जन्मदर्तालगायतमा समस्या परिरहेको छ, यसैकाकारण ठूलै सङ्ख्यामा युवाहरू जेलमा पुगिरहेका छन् ।

अर्का सदस्य झाले देश विकासमा लाग्नुपर्ने युवाको ठूलो सङ्ख्या लागुऔषध र जबर्जस्तीकरणीको मुद्दामा कारागारमा रहेको अनुगमनबाट देखिएको भन्दै विवाहसम्बन्धी २० वर्षे प्रावधान व्यावहारिक र समाजमैत्री बनाउनु पर्नेमा जोड दिइन् ।यस विषयमा गहन र खुला छलफल गरी कानुन बनाउनुपर्ने बताइन् ।

समितिका सदस्य ध्रुवबहादुर प्रधानले सजाय दिएर वा सुधार केन्द्रमा राखेर मात्र कतिपय समस्या समाधान हुन नसक्ने तर्क गर्दै विवाहको उमेरसम्बन्धी जोडिएर आएको प्रश्नबारे पुनःविचार गर्नुपर्ने बताए ।

अर्का सदस्य सुशीला थिङले युवाहरु जेल जानुमा विवाह हो कि कानुन दोषी हो भनी प्रश्न गर्दै कानुनमा व्यवस्था भए पनि त्यस्तो विवाहपछि जन्मिएका सन्तान जन्मदर्ता गर्नबाट बञ्चित हुन परिरहेको घटना सुनाए ।

सदस्य रामकुमार राईले राज्यका हरेक क्षेत्रमा भर्ना हुन १८ वर्षको उमेरलाई आधार मानिएपछि विवाहका लागि २० वर्ष कायम गर्न आवश्यक नरहेको तर्क गरे ।सांसद घर्तीले विवाहसम्बन्धी हालको प्रावधान नेपाली समाज, शिक्षाको अवस्था र समाजलाई बुझ्न नसकेको परिस्थितिबाट आएको हुनुपर्ने अनुमान गरे ।

सदस्य जीवन परियारले विवाहसम्बन्धी हालको प्रावधानको दुरुपयोग गर्दै कतिपयले अन्तरजातीय विवाहलाई अस्वीकार गर्दै अपहरण, जबर्जस्तीकरणी र शरीर बन्दकजस्ता मुद्दामा युवालाई दुःख दिने काम भएको बताए ।

सांसदहरुले उठाएको प्रश्नको जवाफमा गृहमन्त्री रमेश लेखकले बालविवाहसम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेरसम्बन्धी प्रवधान सुधार गरी जान सकिने बताए । उनले, यो विषयमा अत्यन्त गम्भीरताकासाथ सोच्न आवश्यक रहेको र उमेर घटनाउने कि रोमियो अवधारणा कार्यान्वयनका लागि ऐन संशोधन गर्ने भन्ने कोणबाट छलफल गर्न सकिने बताए ।

कानुनमन्त्री अजयकुमार चौरसियाले विवाहसम्बन्धी उमेर र त्यसको उल्लङ्घनमा गरिने दण्डसजायसम्बन्धी नयाँ प्रावधान समेटिएको केही समयभित्र संसद्मा विधेयक प्रस्तुत हुने जानकारी दिए । विवाहको उमेरका सम्बन्धमा विभिन्न भनाइ आएका छन्, हालको व्यवस्था प्रजनन अधिकार र मातृस्वास्थ्यसँग जोडिएको छ । सरकार विभिन्न कोणबाट उठेका सबै आवाजबारे छलफल गर्न तयार छ मन्त्री चौरसियाले बताए ।

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, सुरक्षा निकायका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिन र थुनामा रहेका नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img