Friday, January 16, 2026
spot_img

नेपाल अन्तराष्ट्रिय व्यापार मेला वैशाख २५ देखि, नेपाल बाहिरका ५ देश पनि सहभागी हुने

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair – (NITF) यस वर्ष २०८२ वैशाख २५ देखि २९ गते सम्म काठमाडौमा हुने भएको छ ।
यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने भएको छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहने छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने छ ।

महासंघका अनुसार नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरु साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी ( इभी) गाडीहरु समेत राखिने छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासगं प्रत्यक्ष अन्तरकृया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसगं भेटघाट तथा द्विपक्षिय व्यापार प्रबर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा छ ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरु जस्तै मुलुक भित्र प्रादेशीक जिल्ला स्तर एवं वस्तुगत गरि विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराईने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार पर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुऱ्याउने विश्वास महासंघले लिएको छ ।

मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको र २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img