Tuesday, February 10, 2026
spot_img

नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक, यस्ता छन् विशेषता

spot_img
spot_img

आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्।

आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। आइपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ।

फोनमा ६.७ इन्चको एचडी+ डट-इन डिस्प्ले छ, जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ। ५००० एमएएच ब्याट्री ले लामो समय टिक्ने क्षमता दिन्छ। यूनिसोक टी ६०३ अक्टा-कोर प्रोसेसर सहित ८ जीबी र्याम (४ जीबी + ४ जीबी मेमोरी फ्युजन) र १२८ जीबी स्टोरेज रहेकोले सहज रूपमा मल्टिटास्किङ गर्न सकिन्छ।

फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन्। साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू पनि छन्।

यसमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५.०, एफएम र टाइप-सी कनेक्टिभिटी रहेका छन्। फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले नयाँ अनुभव प्रदान गर्छ।

आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन रंगमा उपलब्ध छ। कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ।

नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैँया तोकिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img