Saturday, April 19, 2025
spot_img

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको छ । अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउदै परिसंघले तत्काल विद्युत नियमित गर्न आग्रह गरेको हो।

परिसंघका अनुसार केही समय अगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ्ग गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको थियो । उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भिर असर परेको थियो । उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको छ । यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको परिसंघले जनाएको छ ।

परिसंघले भनेको छ ‘ सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनाएको छ ।’

मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरी उद्योगहरुमा लोडसेडिङ्ग गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन भन्दै परिसंघले प्रश्न समेत गरेको छ।

परिसंघले भनेको छ ‘विद्युत कुनै पनि उद्योगहरुका लागि कच्चा पदार्थ हो । कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव हुँदैन । त्यसैले उद्योगलाई नियमित विद्युत आपूर्ती हुने व्यवस्था तत्काल गर्न परिसंघ सरकार एवं सम्बन्धित पक्षसँग अपिल गर्दछ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img