Thursday, November 13, 2025
spot_img

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

spot_img

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात ११.२० प्रतिशतले बढेको हो । गत आवको पहिलो  ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

आयातसंगै नेपालको निर्यात पनि बढेको छ । चालु आवको ८ महिनासम्ममा निर्यात ५७.२० प्रतिशतले बढेको हो । चालु आवको ८ महिनासम्ममा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ६१ करोड रुपैयाँको भएको थियो ।

यो अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। गत आवको सोहि अवधिको तुलनामा यो १५.२९ प्रतिशत बढी हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड रहेको थियो ।

समग्रमा २०८१ साउनदेखि २०८१ फागुन महिनासम्ममा  नेपालको ब्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ६.२२ प्रतिशत बढी हो । गत आवको पहिलो ८ महिनामा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ व्यापार घाटा रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img