काठमाडौँको लाजिम्पाट स्थित एक विद्युतको पोलमा आगलागी भएको छ। बुधबार दिउँसो २ बजेर २५ मिनेटमा अचानक पोलमा आगलागी भएको हो ।
होटेल ले हिमालयको मुख्यद्वारा नजिक रहेको विद्युतको पोलमा आगलागी भएको हो । अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ।
आगलागीबाट मानवीय क्षति नभएपनि पोलमा तारहरु जलेर नष्ट भएका छन् भने त्यस क्षेत्रमा विद्युत र इन्टरनेट सेवा प्रभावित भएको छ। आगलागीको थप विवरण आउँन बाँकि रहेको छ।