वीज, जुन सन् २०२० मा स्थापना भएको इजरायली स्टार्टअप हो । जुन हाल विश्वका ४५ प्रतिशत फर्चुन १०० कम्पनीहरूले प्रयोग गर्ने एक अग्रणी क्लाउड सुरक्षा प्लेटफर्म बनेको छ। यसले अमेजन वेब सर्भिसेस, माइक्रोसफ्ट एजुर र ओरेकल क्लाउड जस्ता प्रमुख क्लाउड प्रदायकहरूसँग काम गर्छ।
गूगलले यो अधिग्रहणबाट आफ्नो क्लाउड व्यवसायलाई बलियो बनाउँदै अमेजन र माइक्रोसफ्टसँगको प्रतिस्पर्धामा अगाडि बढ्ने योजना बनाएको छ।
गूगलका सीईओ सुन्दर पिचाईले भने, “गूगल क्लाउड र वीज मिलेर क्लाउड सुरक्षालाई अझ सुधार गर्नेछौं र व्यवसायहरूलाई बहु-क्लाउड प्रयोग गर्ने क्षमता प्रदान गर्नेछौं।”
वीजका सीईओ अस्साफ राप्पापोर्टले यो सम्झौतालाई ” नवप्रवर्तनको गतिलाई तीव्र बनाउने रकेट” को संज्ञा दिएका छन्।
यसअघि सन् २०२४ मा गूगलले वीजलाई २३ अर्ब डलरमा किन्न खोजेको थियो, तर नियामक चासो र अन्य कारणले त्यो सम्झौता रद्द भएको थियो। यस पटकको ३२ अर्ब डलरको प्रस्तावले वीजको बढ्दो मूल्य र साइबर सुरक्षा क्षेत्रमा यसको महत्त्वलाई झल्काउँछ। यो अधिग्रहणले इजरायली प्रविधि क्षेत्रको इतिहासमा पनि सबैभन्दा ठूलो सम्झौताको कीर्तिमान राखेको छ।
यो कदमले गूगललाई कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड सुरक्षाको युगमा अग्रणी बनाउने विश्वास गरिएको छ, जसले विश्वव्यापी डिजिटल सुरक्षाको आवश्यकतालाई सम्बोधन गर्नेछ।