परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छिन् । राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षि जयशंकरसँग भेट गरेकी हुन् ।
भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका बारेमा चर्चा भएको बताईएको छ। दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ ।
पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरुका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।