Tuesday, February 10, 2026
spot_img

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

spot_img
spot_img

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी व्यवसायीको पक्षमै बोल्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार सिमेन्ट उद्योगीसँगको छलफलमा मन्त्री भण्डारीमाथि सांसदहरुले उद्योगीको पक्षमा लागेको टिप्पणी गरेका थिए ।

यसपछि मन्त्री भण्डारीले सरकारको काम नीतिमा भएको जटिलता हटाउने भएको बताउँदै वस्तुको मूल्य बजारले नै निर्धारण गर्ने बताए । ‘उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’ बैठकपछि उनले भने ।

मन्त्री भण्डारीले सिमेन्टको भाउका विषयमा अध्ययन कार्यदल बनाइएको र अबको एक सातादेखि १० दिनभित्र उक्त कार्यदलले सिमेन्टको उत्पादन लागतबारे यथार्थ सार्वजनिक गर्ने पनि बताए । उनले अहिले उद्योगहरु क्षमताको निकै कम अनुपातमा मात्रै चलिरहेको बताउँदै सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्टले पनि घाटा खाइरहेको बताएका छन् ।

‘हिजो हामीले लोडसेडिङ मुक्त भन्यौं, तर आज पनि लोडसेडिङ छ । लोडसेडिङ मुक्त गर्न सरकारले पहल गर्नेछ,’ उनले भने, ‘सिमेन्टको भाउ बढाइएको कारण खोज्ने हो भने त्यसका अनेक कारण छन् ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img