Saturday, April 19, 2025
spot_img

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी व्यवसायीको पक्षमै बोल्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार सिमेन्ट उद्योगीसँगको छलफलमा मन्त्री भण्डारीमाथि सांसदहरुले उद्योगीको पक्षमा लागेको टिप्पणी गरेका थिए ।

यसपछि मन्त्री भण्डारीले सरकारको काम नीतिमा भएको जटिलता हटाउने भएको बताउँदै वस्तुको मूल्य बजारले नै निर्धारण गर्ने बताए । ‘उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’ बैठकपछि उनले भने ।

मन्त्री भण्डारीले सिमेन्टको भाउका विषयमा अध्ययन कार्यदल बनाइएको र अबको एक सातादेखि १० दिनभित्र उक्त कार्यदलले सिमेन्टको उत्पादन लागतबारे यथार्थ सार्वजनिक गर्ने पनि बताए । उनले अहिले उद्योगहरु क्षमताको निकै कम अनुपातमा मात्रै चलिरहेको बताउँदै सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्टले पनि घाटा खाइरहेको बताएका छन् ।

‘हिजो हामीले लोडसेडिङ मुक्त भन्यौं, तर आज पनि लोडसेडिङ छ । लोडसेडिङ मुक्त गर्न सरकारले पहल गर्नेछ,’ उनले भने, ‘सिमेन्टको भाउ बढाइएको कारण खोज्ने हो भने त्यसका अनेक कारण छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img