Saturday, April 19, 2025
spot_img

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो र केही नेपाली रुपैयाँसहित एक जना पक्राउ परे । काठमाडौँको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ नम्बरको ट्रकमा राखेर करोडौँ रुपैयाँसहित पक्राउ गरेका व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीया फुच्चे भनिने कुसाङ लामा रहेको खुलेको छ ।

सोमबार राती नै ट्रकसहित पक्राउ परेका उनीको साथबाट करोडौँ रुपैयाँ बराबरको डलर र युरो बरामद गरिएको भएपनि प्रहरीलाई पैसा गनेर त्यसको नेपाली रुपैयाँ कति हुन्छ भनेर हिसाब गर्न समय लागेको थियो । मंगलबार अपरान्हसम्म गणना गरेर आजको विनिमय दर अनुसार हिसाब निकाल्दा उनको साथबाट बरामद भएको पैसा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ बराबर रहेको खुल्यो ।

त्यसपछि मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर विषय सार्वजनिक गरेको छ । प्रहरीका अनुसार ट्रकको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर केरूङतर्फ लैजाँदै गरेका थिए । ट्रकको पछाडि भने खाली नै थियो । तर, कुनै सामान लिन नभई फर्किँदा केही पाइयो भने बोकेर ल्याउने लामाले खाली गाडी लगेको बयानमा छन् ।

प्रहरीका अनुसार केरूङबाट दुई जनाले लामालाई भरियाको रुपमा प्रयोग गरेको पाइएको छ । उनी भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप विषय विस्तृत अनुसन्धानबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ । यद्यपी, उक्त पैसा अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको हुन सक्ने आशंक गरिएको छ । पक्राउ परेका लामालाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

उनी यसअघि पनि ७ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर ५ वर्ष जेल बसेर छुटेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img