बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको छ । भक्तपूर सडक डिभिजन कार्यालयले दोस्रो खण्डको ठेक्का आह्वान गरेको हो ।
दल्लाबेसीँदेखी चारसयबेसीँ सम्मको ८ किलोमिटर खण्ड पुनःनिर्माणका लागि ठेक्का अह्वान गरिएको भक्तपूर सडक डिभिजन कार्यालयले जनाएको छ । डिभिजनका अनुसार काभ्रे जिल्लामा पर्ने यस खण्ड निर्माणका लागि साढे २ अर्ब रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएको छ ।
अब बीपी राजमार्ग अन्तर्गत २ खण्डको मात्रै ठेक्का आह्वान गर्न बाँकी छ । यसअघि सिन्धुली सडक डिभिजन कार्यालयले सिन्धुली खण्डको ठेक्का आह्वान गरिसकेको छ ।
सरकारले गत असोजको बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्ग पुननिर्माणका लागि साढे ८ अर्ब बजेटको स्रोत सुनिश्चितता गरेको छ ।