Saturday, April 19, 2025
spot_img

दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालिई नेपाल प्रहरीको ३१ औं  आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

अन्य दुई प्रतिस्पर्धी एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख नियुक्त भएका हुन् । ३ जना एआईजी मध्ये थापा वरिष्ठतम् थिए। थापा २०७९ चैत ६ मा एआईजीमा बढुवा भएका थिए भने गिरी र तामाङ १८ दिनपछि मात्र अर्थात् २०७९ चैत २४ एआईजीमा बढुवा भएका थिए।

महानिरीक्षक वसन्त बहादुर कुँवर आज सोमबार अनिवार्य अवकाशमा गएसंगै सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । गृह मन्त्रालयले आज नै कुँवरको विदाई गरिसकेको छ । आईजीपी कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई आजै बिदाई भएका छन्।

नव नियुक्त आईजीपी थापाले ६ महिना संगठनको नेतृत्व गर्न पाउँने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img