Thursday, November 13, 2025
spot_img

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौता

spot_img

कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर गरेका छन्।

कनेक्ट किसान र एसोसिएसनबिचको सहकार्यले कृषि क्षेत्रको डिजिटलाइजेशनलाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने अपेक्षासाथ यो सम्झौतामा हस्ताक्षर गरिएको हो।

यो साझेदारी भेटरिनरी क्षेत्रको डिजिटलाइजेशनको दिशामा एक महत्वपूर्ण कदम हो। सम्झौताले तीन प्रमुख उद्देश्यलाई प्राथमिकता दिएको छ। कनेक्ट किसानका निर्देशक राजन दाहालले भने, “हाम्रो मुख्य उद्देश्य सदस्यहरूलाई स्मार्ट फार्मिङ प्रविधिहरूको उपयोग गर्न सघाउनु हो। अर्डर व्यवस्थापन प्रणाली कार्यान्वयन गरेर कृषक र भेटरिनरी सेवा प्रदायकलाई अझ प्रभावकारी रूपमा जोड्ने छौँ ।’’

यो सम्झौताले कृषि र भेटरिनरी सेवामा अनलाइन प्रविधिको समावेशलाई सुनिश्चित गर्दै भविष्यमा प्रगति र विकासको दिशा तय गर्ने अपेक्षासाथ गरिएको छ। यस सहकार्यले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई बढावा दिने र कृषक समुदायलाई अधिक प्रभावकारी र सुलभ सेवाहरू प्रदान गर्ने एसोसिएसनका अध्यक्ष रिमालले विश्वास व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img