Wednesday, July 9, 2025

रोटरी क्लब अफ कपनको होली मिलन कार्यक्रम

spot_img
spot_img

रोटरी क्लब अफ कपनको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । क्लबले होलीको अवसरमा क्लबका सदस्यहरुबीच होली मिलन कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा ल्कबकी निवर्तमान अध्यक्ष सुचिता काफ्लेले सबैलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरेकी थिइन् । क्लबका इलेक्ट प्रेसिडेन्ट प्रल्हाद दाहालले होली परम्परा, यसको सांस्कृतिक एवं मौलिकता सम्बन्धि सचेतनाबारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

क्लबका सल्लाहकार मनोज कँडेलले यसरी साथीभाईबीच होली मिलन कार्यक्रम मनाएकोमा क्लबलाई धन्यवाद दिएका छन् ।

कलबका सचिव दिपकचन्द्र गौतमले यस क्लबको प्राथमिकता सामाजिक गतिविधिसहित रितिरिवाज र परम्परा बचाउनेमा समेत केन्द्रित रहँदै आएको बताएका छन् ।

कार्यक्रमको अन्त्यमा क्लबकी अध्यक्ष नियुक्ति शेर्पाले आगामी दिनमा क्लबले गर्ने कार्यक्रम बारे जानकारी गराउँदै सबैलाई होलिको शुभकामना व्यक्त गरिन् ।

होली पर्व अथवा फागु पूर्णिमा हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको पाइन्छ । आजभोलि स्कुल, कलेज, कार्यालय एवं विभिन्न स्थानमा विभिन्न रङ खेल्दै होली पर्व प्राथमिकताका साथ मनाउने गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img