Sunday, February 8, 2026
spot_img

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय: नयाँ नियुक्तिदेखि ऋण लिनेसम्म

spot_img
spot_img

सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डेलाई नियुक्त गरेको छ ।फागुन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

बैठकका निर्णय सुनाउँदै बुधवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहविच रोयल्टी बाँडफाँटका आधार विधि र हिस्सा स्वीकृत गरेको जानकरी दिए । भागीरथी भट्टराई (ज्ञवाली), काठमाडौंलाई विद्युत नियमन आयोगको सदस्य पदमा नियुक्त गर्ने र रेट एनालाइसिस नम्र्स फर वर्क २०८१ स्वीकृत गर्ने निर्णय गरेको समेत उनले बताए ।

यस्ता छन् सरकारले गरेका अन्य निर्णयहरुः

भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रश्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र (लेटर अफ एक्सचेन्ज) स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फवाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।

जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

क्वालिटी टिभिइटी फर युथ(क्वालिटी) प्रोजेक्ट फेज १ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम १.६८ मिलियन स्वीस फ्रैंक (करिव नेपाली रू.२५ करोड ६५ लाख बरावर) अनुदान सहायता स्वीकार गर्ने र उक्त एक्सचेन्ज अफ लेटरमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने ।

विश्व बैंकबाट सञ्चालित विभिन्न आयोजनामा प्रतिकार्य विकल्प (आरआरओ) स्थापना गर्नको लागि उल्लिखित आयोजनाहरूको वित्तीय सम्झौतामा सर्वग्राही संशोधन गर्नेसम्बन्धी सम्झौता स्वीकृत गर्ने र सो सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने ।

२०८१ चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालन हुने लिडरसिप एण्ड लेभरेजिन द ग्लोवल एसएआई नेटवर्क कार्यक्रम र २०८१ चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको बैङ्ककमा सञ्चालन हुने आइडिर्आ—एडिबी लिडरसिप फोरम कार्यक्रममा सहभागिताका लागि माननीय महालेखापरीक्षक श्री तोयम रायालाई स्वीकृति प्रदान गर्ने।

विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनितिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिन अख्तियारी प्रदान गर्ने।

२०८१ चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैङ्ककमा सञ्चालन हुने एजुकेसनल वर्कसप अन सिस्टम अफ अडिट क्वालिटी म्यानेजमेण्ट कार्यक्रममा सहभागिताका लागि उपमहालेखापरीक्षक श्री बैकुण्ठबहादुर अधिकारीलाई स्वीकृति प्रदान गर्ने।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहविच रोयल्टी बाँडफाँटका आधार विधि र हिस्सा स्वीकृत गर्ने।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

२०८१ चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६ औं एनआरएनए युरोपियन रेनिल कन्फ्रेन्समा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीलाई स्वीकृति दिने ।

श्री भागीरथी भट्टराई (ज्ञवाली), काठमाडौँलाई विद्युत नियमन आयोगको सदस्य पदमा नियुक्त गर्ने ।

रेट एनालाइसिस नम्र्स फर वर्क २०८१ स्वीकृत गर्ने।

आर्थिक वर्ष २०८१÷८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौंको लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा श्री फाइन्द्रराज पाण्डे, लमजुङलाई नियुक्त गर्ने ।

अनुचित लेनदेन (मिटरव्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न श्री बाबुराम रेग्मीको अध्यक्षतामा श्री भरतबहादुर बोहोरा र श्री बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने ।

गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।

जिल्ला समन्वय समितिको नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गा.वि.स. वडा नं. ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने।

जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने।

मिति २०८१ चैत १२ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पिटर्सवर्ग क्लाइमेट डायलग २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने।

वडीचौर–विमेनी–बावियाचौर–विद्यापुर सडक निर्माणको लागि सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. २.५.६.७ र पञ्चपुरी नगरपालिका वडा नं ३ मा रहेको राष्ट्रिय वनको १०.३१९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

जडिवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव (प्रा.) डा. बुद्धि सागर पौडेललाई अर्को व्यवस्था नभएसम्मको लागि कामकाज गर्न खटाउने।

नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने।

कान्ति बाल अस्पताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने।

मित्र राष्ट्र चीनले एम्बुलेन्स प्रयोजनार्थ अनुदान (वस्तुगत सहायता) स्वरूप प्रदान गर्ने ५० थान इलेक्ट्रिक भेकल स्वीकार गर्न स्वीकृति प्रदान गर्ने।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा. रघुराज काफ्ले, तनहुँलाई नियुक्त गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...
spot_img