spot_img

आज संसदमा प्रधानमन्त्री र ७ मन्त्रीले जवाफ दिने

spot_img

आज बिहिबार पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची राखिएको छ । जस अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसद  सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने छन्।

त्यसपछि बजेटमाथि उठेका प्रश्नमा समबन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न सात वटा मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित  मन्त्रीहरुले जवाफ दिने छन् ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री,  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री,  सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ,र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले आफ्नो मन्त्रालयको बजेट माथि उठेका प्रश्नको जवाफ दिने छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...