नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद प्रमोद यादवले विशाल सिमेन्ट खरिद गरेका छन् । भुसाल ग्रुपले यादवलाई सिमेन्टको शेयर बिक्री गरेको हो ।
यादव २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएका थिए। उनले भैरहवामा घर बनाउने ब्लक दुह्योग र चारतारे होटल बोधि सञ्चालन गर्दै आएका छन् । उनी र्याडिसन होटेलका संचालक पनि हुन् ।
यस संगै विशाल सिमेन्टबाट छोटो समय मै भुसाल ग्रुप बाहिरिएको छ । २०७७ सालमा भुसाल ग्रुपले विशाल सिमेन्ट खरिद गरेको थियो। त्यस समय भुसाल ग्रुपले १ अर्ब २ करोड रकममा सिमेन्टको स्वामित्व लिएको थियो। अहिले भुसाल ग्रुपले व्यवसायी यादवलाई कति मूल्यमा सिमेन्ट बिक्री गरेको हो खुलाईएको छैन ।