ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट ‘च्याट जीपीटी’ बिहीबार डाउन भएको छl बिहीबार नेपाली समय अनुसार साँझ ५ बजेदेखि झन्डै २ घण्टा नेपाल सहित विश्वभर च्याट जीपीटी डाउन भएको हो l
विश्वभरका प्रयोगकर्ताले च्याट जीपीटी डाउन भएको अर्थात् काम नगरिरहेको रिपोर्ट गरेका थिएl वेबसाइट डाउन भएको ट्रयाक गर्ने डाउन डीटेक्टरले पनि सो वेबसाइट डाउन भएको भन्दै हजारौ रिपोर्ट आएको जनाएको छ l मोबाइल एपमा चलेको भए पनि वेबसाइटमा भने समस्या आएको थियो l
च्याट जीपीटीले समस्या समाधान भईसकेको बताएपनि अझै पनि धेरै स्थानमा प्रयोगकर्ताले च्याट जीपीटी प्रयोग गर्न पाएका छैनन् l