Monday, February 10, 2025
spot_img

नयाँ अध्यादेशको स्प्रीटमा नियमावली र कार्यविधि ल्याउन अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको स्प्रीटमा नियमावली र कार्यविधी ल्याउन सरकारसङ आग्रह गरेका छन्। सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै उनले अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताए ।

” उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको लागि सरकारसङ लविङ गर्दै आएको थियो । महासंघको आग्रह अनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित भएका छौं । तर यो प्रयाप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक छ ” उनले भने।

अध्यक्ष ढकालले अध्यादेशको स्प्रीट अनुसार छिटोभन्दा छिटो नियमावली वा कार्यविधी ल्याउन समेत आग्रह गरे। र ,तर ,वा को कारण यसको कार्यान्वयनमा जटिलता आउन नहुने अध्यक्ष ढकालको जोड थियो ।

प्लास्ट नेपाल फाउण्डेशन नेपालको दशौं वार्षिक साधारण सभाका अवसरमा बोल्दै उनले सरकारले केही कानुनी सुधार गरे पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राखे । यस्तै उनले प्लाष्टिकजन्य वस्तुको पुनः प्रयोगमा जोड दिए । प्लास्टिक उद्योगले यसको उत्पादन, वितरण, बिक्री, र रिसाइक्लिङ प्रक्रिया गरि हजारौं व्यक्तिहरूलाई रोजगारको अवसर प्रदान गरेको उल्लेख गर्दै प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

“प्लास्टिकजन्य वस्तुको प्रयोग कम गर्नु पर्ने कुराहरु छ्न । गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । तर यसमा प्रयोग हुने कच्चा पदार्थका लागि विदेशीने मुद्रा खर्चिनु पर्ने अवस्था छ । पुनः प्रयोग गर्न सके यसको लागि विदेशीने मुद्रा जोगाउन सकिन्छ । ” उनले भने ।

सो अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि सकारात्मक रहेको बताए । साथै उनले सरकारले हालै जारी अध्यादेशको स्प्रीट अनुसार नै नियमावली तथा कार्यविधि छिटोभन्दा छिटो ल्याउने प्रतिवद्द्ता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको...