Monday, February 10, 2025
spot_img

अर्थ मन्त्रालयले भन्यो ‘मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ’

अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्र सुधार उन्मुख रहेको बताएको छ। आईतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अर्थतन्त्र गत आर्थिक वर्षको तुलनामा सुधार भएको जानकारी दिएको हो ।

मन्त्रालयले अर्थतन्त्रको चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाका तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रका प्राय सबै सूचकहरु सुधार हुँदै गएको हो । पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको र आयात  ७.१ प्रतिशतले बढेको बताए। उनले पछिल्लो ६ महिनाको अवधिमा कुल निर्यात ९८ अर्ब ७९ करोडको निर्यात र ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको जानकारी दिए ।

उनले पहिलो ६ महिनामा आयात–निर्यात अनुपात ८.३ः१ रहेको र कुल विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड अमेरिकी डलर रहेको बताए। प्रवक्ता भट्टराईले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको दाबी गरे । उनले सरकारको खर्च भने १७.८ प्रतिशतको वृद्धि भएको उल्लेख गरे । उनले पछिल्लो यो अवधिमा निक्षेप संकलन ३.३ प्रतिशतले बढेको बताए । उनले निजी क्षेत्रमा प्रवाह हुने कर्जा २ खर्ब २८ अर्ब रुपैयाँ रहेको भन्दै  कुल कर्जा वृद्धि भने ४.४१ प्रतिशत रहेको जानकारी दिए । चालुआर्थिक वर्षको ६ महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको उल्लेख गरे । उनले कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेटको हालसम्म ६ खर्ब ६७ अर्ब ६० करोड खर्च भएको बताए ।

अर्थमन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा सरकारको राजस्व १२.७ प्रतिशतले बढेको, खर्च १७.८ प्रतिशतले बढेको, वित्तीय संस्थामा २ खर्ब ११ अर्बले निक्षेप संकलन बढेको छ । सरकारले पछिल्लो ६ महिनामा १ खर्ब ८१ अर्ब रुपैयाँ आन्तरिक ऋण, ५९ अर्ब ३ करोड वैदेशिक ऋण प्राप्त गरेको छ । यो अवधिसम्ममा सरकारको आन्तरिक ऋण ११ अर्ब ८० अर्ब र वैदेशिक ऋण १२ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा सरकारको कुल ऋण दायित्व २४ खर्ब ३४ अर्ब पुगेको छ ।

अर्थ मन्त्रालयले ५ वटा अध्यादेशमाफर्त २८ वटा कानून संशोधन गर्दा ३ वटा अध्यायदेश आर्थिक क्षेत्रसँग सम्बन्धित रहेको बताए । उनले आर्थिक तथा व्यवसायिक वातावरण र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशले आर्थिक क्षेत्रको सुधार गर्ने दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको...