Thursday, November 13, 2025
spot_img

सरकारले अर्थतन्त्र र बैंक डुब्न दिदैन: अर्थमन्त्री पौडेल

spot_img

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।आईतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले पछिल्लो समय कतिपय मानिसहरुले बैंक र अर्थतन्त्र दुवै डुब्दै गएको अफवाह फैल्याउने काम गरेको बताए। उनले अर्थतन्त्रको बारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेकाहरुले यस्तो नकारात्मक सन्देश फैल्याएको भन्दै वर्तमान सरकारले अर्थतन्त्र र बैंकलाई डुब्न नदिने प्रतिवद्धता जनाए । उनले पछिल्लो समय अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको तथ्याङ्कहरुले पुष्टि गरेको भन्दै कुनै नकारात्मक टिप्पणीले अर्थ नराख्ने बताए । अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरुको पछि कोही पनि लाग्न नहुने बताए ।

उनले सञ्चार जगतले पनि नकारात्मक कुरालाई प्रवद्र्धन नगर्न आग्रह गरे । उनले बैंकहरुमा तरलता थु्रपिएर बसे पनि पछिल्लो समय लगानीमा सुधार हुँदै आएको बताए । उनले सरकारले बैंकमा संकलन भएको निक्षेप उत्पादन,उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास पनि गरिरहेको बताए । उनले सरकारले पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी रहेको बताए । उनले पूर्वाधार निर्माणमा समय,लागत र गुणस्तर सुनिश्चित गर्ने विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले सरकारले निर्वाह गर्नुपर्ने सबै भुक्तानी दिइसकेको बताए । उनले  कुनैपनि निर्माण व्यवसायीले विधि पु¥याएर दाबी गरेको भुक्तानी नरोकिएको बताए।

उनले भने,‘ ‘अर्थमन्त्रालयले तथ्यांकमा खेल्दैन, चिटिङ गर्दैन । तथ्य जे हो त्यही सार्वजनिक गर्छौं, वर्तमान सरकार आएपछि अर्थतन्त्र सुधार भएको छ, अर्थतन्त्रका परिसूचकहरुलाई सकारात्मक बनाउने प्रयास गरेका छौं, प्रतिकुल अवस्थाबाट हामी अहिले यहाँसम्म आइपुगेका छौं । अर्थतन्त्रलाई नकारात्मक हुनबाट जोगाएर सकारात्मक बाटोमा लैजाने प्रयास गरेका छौं । बैंकहरुको तरलता र ल्याण्डिङको विषय छ । विगतको तुलनामा ल्याण्डिङ बढ्दै गएको छ । सरकारले बैंकमा संकलन भएको निक्षेप कर्जा हुन सकोस् भन्नेमा छ । उक्त लगानी उत्पादन,उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास हो । क्रमस सुधार हुँदै पनि आएको छ । बैंकको लगानीमा सुधार भएको छ । अहिले बैंक डुब्यो आदि इत्यादि नकारात्मक कुरा आएका छन् । बैंक र अर्थतन्त्र डुब्यो भन्ने विषयमा हामी प्रभावित हुनुहुँदैन । अहिले बैंक र अर्थतन्त्र दुवै डुबेका छैनन् । सरकारले अर्थतन्त्र पनि डुब्न दिँदैन बैंक पनि डुब्न दिँदैन अर्थतन्त्र क्रमशः सुध्रिँदै आएको छ क्रमशः यसले अर्थतन्त्र डुब्यो भनेर यस्ता खालका हावादारी टिप्पणीहरु केही अर्थ छैन भन्ने मलाई लाग्छ राख्न चाहन्छु बैंकहरु पनि डुबेका छैन । केही संस्थाहरुमा समस्या हुन सक्छन् । समस्या भए ठाउँमा समाधान खोज्नुपर्छ । बैंक र अर्थतन्त्र दुबै डुबे भन्ने कुरा गलत हुन । पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी छ। हामीले खासगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने दुई तिनटा विषयहरु छन् । एउटा के छ भन्दाखेरि दोस्रो के छ भनेदखि समय र लागतको विषयमा ध्यान दिँदै अर्को गुणस्तर सुनिश्चित हुन आवश्यक छ । सरकार बन्दै गर्दा ठूलो साइजको भुक्तानी दायित्व थियो । भुक्तानी गर्नसक्ने सबै विकल्पहरुमा छलफल गरेर राज्य तिर्नुपर्छ । सरकारले पछिल्लो ६ महिनामा राज्यले गर्नु आम रुपमा आधारभुत रुपमा भुक्तानीको काम सकिएको छ र आज कसैले कुनैपनि निर्माण व्यवसायीले कुनैपनि निर्माण व्यवसायीले विधि पु¥याएर दाबी गरेको भुक्तानी रोकिएको छैन । निर्माण व्यवसायीहरुले भुक्तानीको लागि आन्दोलन गर्नुप¥यो भन्नेकुरा सत्य होइन ।’

उनले अर्थ मन्त्रालयले तथ्यमा चिट नगर्ने बताए । उनले वर्तमान सरकारले अर्थ मन्त्रालको जिम्मेवारी लिँदा सूचक नकारात्मक रहेको तर पछिल्लो ६ महिनामा सरकारले अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काएको दाबी गरे । उनले अर्थ मन्त्रालयले वर्षेनी १७५ प्रकृतिका कोषमा पैसा विनियोजन गरेर खर्च गर्दै आएको बताए। अर्थमन्त्री पौडेलले सरकारले ल्याएका अध्यादेश मुलुकको समृद्धि र व्यवसायीक वातावरण निर्माणको लागि भएको उल्लेख गरे । न्युज एजेन्सी नेपाल

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img