Thursday, May 22, 2025
spot_img

यी हुन् नेपाल प्रिमियर लिग टि २० क्रिकेटको लागि ८ मार्की खेलाडी

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको लागि मार्की खेलाडी घोषणा भएका छन् । क्यानले आज ८ जना मार्की खेलाडी घोषणा गरेको हो ।

आज घोषणा भएका मार्की खेलाडीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, सोमपाल कामी, करण केसी, आशिफ शेख, कुशल भुर्तेल, र कुशल मल्ल रहेका छन् । यी ८ खेलाडी छुट्टा छुट्टै ८ टिममा रहने छन् । अन्य खेलाडीको चयन अक्सन मार्फत हुने छ । अक्सनको मिति छिट्टै तोकिने क्यानले जनाएको छ ।

प्रतियोगितामा ८ टिम रहने छन्।  विडिङ प्रक्रियाबाट ८ टिमका टिम मालिक तय गरिसकिएको छ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, पोखरा, चितवन, काठमाडौँ, जनकपुर र विराटनगर फ्रेनचाइज रहने छन् ।

क्यानका अनुसार कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ बिड गरेर टिम काठमाडौँको अपनत्व लिएको छ । त्यस्तै नेपाल टि २० क्रिकेट प्रालिले ३ करोड ५७ लाख रुपैयाँ विड गरेर टिम पोखराको अपनत्व लिएको छ।

त्यस्तै १ करोड ७६ लाख १ हजार रुपैयाँ बिड गरेर चितवन मेडिकल कलेजले टिम चितवनको अपनत्व लिएको छ। १ करोड ५१ लाखमा एमएडी ड्रिम्स स्पोर्ट्स प्रालीले टिम विराटनगरको अपनत्व लिएको छ।

फर्च्युन हेल्थ केयर प्रालीले १ करोड ८६ लाख ४ रुपैयाँमा टिम लुम्बिनीको अपनत्व लिएको छ भने २ करोड ५ लाखमा ड्रिम स्पोर्ट्स प्रालीले टिम जनकपुरको अपनत्व लिएको छ । त्यस्तै १ करोड ११ लाख ७० हजारमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्स प्रालीले टिम कर्णालीको अपनत्व लिएको छ । १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा एम्पायर स्पोर्ट्स म्यानेजमेन्ट प्रालीले टिम सुदूरपश्चिमको अपनत्व लिएको छ ।

मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। प्रतियोगितामा विदेशी खेलाडी पनि सहभागी हुनेछन् । यद्यपि एक टिममा कति जना विदेशी खेलाडी राख्न पाइने भन्नेबारे क्यानले निर्णय गरिसकेको छैन ।

क्यानले पहिलोलोपटक आफ्नै व्यवस्थापनमा फ्रेञ्चाइज लिग आयोजना गर्न लागेको हो। यसअघि क्यानले नेपाल टी-२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्रीसँग गरेको सम्झौता विवादमा परेको थियो।

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img