Friday, May 23, 2025
spot_img

नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने ८ टिमका मालिक टुङ्गो लाग्यो, कसले कतिमा कुन टिम किने ?

spot_img

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको लागि टिम मालिक तय गरिएको छ। आज विडिङ प्रक्रियाबाट टिम मालिक तय गरिएको हो।

प्रतियोगितामा ८ फ्रेनचाइज टिम सहभागी हुने छन् । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, पोखरा, चितवन, काठमाडौँ, जनकपुर र विराटनगर फ्रेनचाइज रहने छन् । आज यी टिमको टिम मालिक तय गरिएको हो । टिम मालिकले आफ्नो टिमको नाम परिवर्तन गर्न पनि सक्ने छन्।

क्यानका अनुसार कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ बिड गरेर टिम काठमाडौँको अपनत्व लिएको छ । त्यस्तै नेपाल टि २० क्रिकेट प्रालिले ३ करोड ५७ लाख रुपैयाँ विड गरेर टिम पोखराको अपनत्व लिएको छ।

त्यस्तै १ करोड ७६ लाख १ हजार रुपैयाँ बिड गरेर चितवन मेडिकल कलेजले टिम चितवनको अपनत्व लिएको छ। १ करोड ५१ लाखमा एमएडी ड्रिम्स स्पोर्ट्स प्रालीले टिम विराटनगरको अपनत्व लिएको छ।

फर्च्युन हेल्थ केयर प्रालीले १ करोड ८६ लाख ४ रुपैयाँमा टिम लुम्बिनीको अपनत्व लिएको छ भने २ करोड ५ लाखमा ड्रिम स्पोर्ट्स प्रालीले टिम जनकपुरको अपनत्व लिएको छ । त्यस्तै १ करोड ११ लाख ७० हजारमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्स प्रालीले टिम कर्णालीको अपनत्व लिएको छ । १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा एम्पायर स्पोर्ट्स म्यानेजमेन्ट प्रालीले टिम सुदूरपश्चिमको अपनत्व लिएको छ ।

मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। प्रतियोगितामा विदेशी खेलाडी पनि सहभागी हुनेछन् । यद्यपि एक टिममा कति जना विदेशी खेलाडी राख्न पाइने भन्नेबारे क्यानले निर्णय गरिसकेको छैन ।

क्यानले पहिलोलोपटक आफ्नै व्यवस्थापनमा फ्रेञ्चाइज लिग आयोजना गर्न लागेको हो। यसअघि क्यानले नेपाल टी-२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्रीसँग गरेको सम्झौता विवादमा परेको थियो।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img