Wednesday, June 18, 2025
spot_img

ऐतिहासिक पदक जितेकी पलेसालाई एनसेलले १० लाख पुरस्कार दिने

spot_img
spot_img

टेलिकम सेवाप्रदायक कम्पनी एनसेलले पेरिसमा जारी पारा ओलम्पिक्स २०२४ मा नेपाली खेलकुदमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै कास्य पदक जितेकी पलेशालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने एनसलले जनाएको हो । साथै, अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई पनि थप १० लाख पुरस्कारसहित सम्मान गर्ने एनसेलले जनाएको छ ।

एनसेलले राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरुप सम्मान घोषणा गरेको बताएको छ । एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग गर्दै आएको छ ।

‘म एकदमै हर्षित छु। तेक्वान्दोको यात्रा शुरु गरेको हिजामात्र जस्तो लाग्छ, त्यति बेला पारा ओलम्पिक्सको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइनँ। मैले सपना देख्ने हिम्मत गरें र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ। नेपालको प्रतिनिधित्व गरेर पदक जित्न पाउँदा आफूलाई धन्य महसुस गरिरहेकी छु’, पलेशाले खुसी व्यक्त गर्दै भनेकी छिन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो । यो जित नेपालको र सम्पूर्ण पारा खेलाडीको कडा परिश्रम एवं उत्कृष्ट प्रदर्शनको नतिजा हो। एनपीसीसँगको सहकार्यमा पलेशाजस्ता च्याम्पियन र राष्ट्रिय पारा खेलाडीको प्रेरणा बनेर हौसला दिन प्रतिबद्ध छौं ।’

एनसेलले गत वर्ष देखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img