Wednesday, June 18, 2025
spot_img

क्रिकेट संघले टि २० विश्वकप खेल्ने खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने

spot_img
spot_img

नेपाल क्रिकेट संघले हालै वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न ICC Men’s T20 Cricket World Cup खेल्ने खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको छ । संघको आज भदौ १३ गते बसेको केन्द्रीय कार्यसमितीको बैठकले यस्तो निर्णय गरेको हो ।

जस अनुसार संघले राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीहरु र मुख्य प्रशिक्षकलाई जनही रु. ३ लाखका दरले तथा अन्य सपोर्ट स्टाफहरुलाई जनही रु. १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै संघले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१, २०२४ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (NPL) मा ८ फ्रेन्चाईज टीमहरुको सहभागिता रहने निर्णय गरेको छ।

यस्ता छन् क्यानका अन्य निर्णय : 

१. नेपाल क्रिकेट संघले ७ वटै प्रदेश क्रिकेट संघहरुलाई २ जना महिला र ३ जना पुरुष गरी प्रति प्रदेश ५ जना खेलाडीहरुलाई यहि सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक रु. १५,०००। का दरले पारिश्रमिक उपलब्ध गराउने र ३५ जना खेलाडीहरुको पारिश्रमिक वापतको बजेट रकम प्रदेशहरुमा निकासा गरी सम्वन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय गरियो ।

२. हालै वेष्ट इण्डिज र अमेरिकामा सम्पन्न ICC Men’s T20 Cricket World Cup मा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीहरु र मुख्य प्रशिक्षकलाई जनही रु. ३ लाखका दरले तथा अन्य सपोर्ट स्टाफहरुलाई जनही रु. १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरियो ।

३. आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१, २०२४ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग (NPL) मा ८ फ्रेन्चाईज टीमहरुको सहभागिता रहने निर्णय गरियो ।

४. वाई-वाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि सेप्टेम्बर/ अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरियो ।

५. संघको वार्षिक कार्यक्रम अनुसार संचालन गरिने Elite Cup क्रिकेट प्रतियोगिता यहि अक्टोवर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र विरगंजमा आयोजना गर्ने निर्णय गरियो ।

६. ICC U19 महिला विश्वकप एशिया क्वालिफायरको तयारी स्वरुप यहि सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण संचालन गर्ने निर्णय गरियो ।

७. नेपाल क्रिकेट संघले आह्वान गरेको सुचना बमोजिम संघमा प्राप्त आवेदनहरु मध्येबाट श्री लेख क्षेत्रीको संयोजकत्वमा श्री युनिल श्रेष्ठ र श्री मुर्तुजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनौट समिती गठन गर्ने निर्णय गरियो ।

८. संघको वार्षिक साधारणसभा यहि २०८१ साल असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरियो ।

९. म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया बारे संघको अनुशासन समितीबाट प्राप्त प्रतिवेदनका सम्वन्धमा छलफल हुँदा उक्त प्रतिवेदन एवंम आवश्यक कागजातहरु CAN Integrity Committee का संयोजक मार्फत ICC Anti- Corruption Unit मा पेश गरी ICC बाट प्राप्त निर्देशन अनुसार संघबाट निर्णय गर्ने सहमती गरियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img