Sunday, December 7, 2025
spot_img

टि २० विश्वकप नजिक पुग्यो नेपाल, युएईलाई १ रनले हरायो

spot_img

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले युएआईलाई १ रनले हराएको छ । नेपालले पहिले ब्याटिंग गरेको युएईलाई १४१ रनको लक्ष्य दिएकोमा युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाएको हो ।

जितको लागि अन्तिम ओभरमा युएइलाई १० रन चाहिएको थियो। तर युएईले ८ रन मात्र बनाउन सक्यो र अन्तिम ओभरमा ३ विकेट गुमायो । अन्तिम ओभर दिपेन्द्र सिंह ऐरीले बलिंग गरेका थिए। जसमा उनले १ विकेट लिए भने दुई जना खेलाडी रन आउट भएका थिए ।

आजको जित संगै सुपर सिक्समा नेपालको ४ अंक भएको छ र विश्वकप नजिक नेपाल पुगेको छ। अर्थात् आजको जित पछि नेपालको विश्वकपको लागि छनौट हुने सम्भावना बलियो बनेको छ।  यद्यपि नेपालले अझै खेल भने जित्नु पर्ने हुन्छ। नेपालले आज बलियो रहेको युएईलाई हराएर महत्वपूर्ण २ अंक लिन सफल भएको हो । सुपर सिक्समा ६ टिम पुगेकोमा शिर्ष ३ मा रहने ३ टिमले आगामी टि २० विश्वकपमा भाग लिन पाउने छन् ।

अब नेपालले कतार, ओमान र सामोआसंग खेल्न बाँकि छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लगानी योग्य रकम स्थिर हुनु अहिलेको मुख्य चुनौती: अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वित्तीय प्रणालीमा...

‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो, मुहान सुदृढ नभई आर्थिक गतिविधि विस्तार हुन सक्दैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले निजी क्षेत्रबिना...

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको...

पेट्रोल गाडीलाई ‘ईभी’मा परिवर्तन गर्न मापदण्ड बन्दै, के के विषय समावेश हुँदैछन् ?

नेपालमा २० वर्ष पूराना सवारी साधनहरु प्रतिस्थापन गर्ने विषय...
spot_img
spot_img