Friday, November 14, 2025
spot_img

बिजनेशपाना प्रकाशकीय

spot_img

बिजनेशपाना डटकम (www.businesspana.com) विधिवत् रुपमा आर्थिक अनलाइन मिडियाका रुपमा आम पाठकमाझ आएको छ । सूचना प्रविधिको उपयोग बढ्दै गईरहेका बेला कुनै एक अनलाइन सञ्चारमाध्यमको जन्म हुनु वा सञ्चालनमा आउनु आफैमा अनौठो विषय होइन । मुख्य कुरा सञ्चारमाध्यमहरु मूलुकको सर्वाङ्गीण विकासको उदेश्यमा केन्द्रित छन् कि कुनै ‘एजेण्डा सेट’को लागि पैरवी गर्ने थलोका रुपमा विकसित भइरहेका छन् भन्ने हो ।

खासगरी कोभिड–१९ को विश्वव्यापी प्रभाव र मध्यपूर्वसहित विश्वका कतिपय मुलुकमा युद्धका छनक देखिए पश्चात् त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको अवस्था छ । उत्पादनमा आएको संकुचनले विज्ञापन बजार साँघुरिएको छ भने समग्र अर्थतन्त्र नै लयमा आउन सकेको छैन । बजारको यो तथ्य जान्दाजान्दै पनि नेपाली अर्थतन्त्रको विकास र बिस्तार तथा निजी क्षेत्रको बिस्तारबाट राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादमा पुग्ने संविधानको लक्ष्यमा सारथी बन्ने पवित्र ध्येयका साथ हामी आएका छौं ।

हामीले नेपाली अर्थतन्त्रमाथि मडारिएको कालो बादलमात्रै देखिरहेका छैनौँ, क्षितिजबाट अघि बढ्दै गरेका आशाका किरणहरु पनि देखिरहेका छौँ । मूलुकको अर्थतन्त्रको विकासमा सघाउने, बाह्य र आन्तरिक अनेकन कारणले दबावमा रहेको अर्थतन्त्रमा सुधार ल्याउने उदेश्यमा केन्द्रित बहस तथा पैरवी गर्ने दायित्वप्रति हामी दृढसंकल्पित छौँ ।

पछिल्लो समय विज्ञापन क्षेत्रमा आएको संकुचन र बजारमा अनेकरुपमा चलिरहेका ‘सिन्डिकेट’, ‘कार्टेलिङ’ ईत्यादिका कारणले सञ्चारमाध्यमहरुको सम्पादकीय स्वतन्त्रतामा ह्रास आएको हाम्रो बुझाई छ । बजारको कुनैपनि विषयले आम पाठकको सूचनाको अधिकारमाथि नकारात्मक प्रभाव पार्नु हुँदैन भन्‍नेमा सदैव सचेत र प्रतिबद्ध छौँ ।

विश्‍वव्यापीकरण, खुला बजार अर्थतन्त्र, राष्ट्रिय पूँजी निर्माण, घरेलु अर्थतन्त्र आदिका सम्बन्धमा प्रचलनमा रहेका राष्ट्रिय-अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तमा विश्वास राख्दै उपभोक्ता अधिकारको पक्षमा समर्पित रहनु हाम्रो मूल उदेश्य हुनेछ । हाल नेपालमा सञ्चालनमा रहेका कुनैपनि आर्थिक मिडियासँग प्रतिस्पर्धा गर्नु हाम्रो लक्ष्य होईन । विश्‍वव्यापी मान्यता र नेपालमा भएका असल अभ्यासलाई बढावा दिँदै आर्थिक धारका मिडियाको मानकको रुपमा आफुलाई प्रस्तुत गर्ने जमर्को हामीले गर्नेछौँ ।

अनलाइन मिडियाहरूको बाढी आइरहेको वर्तमान समयमा ‘कर्पोरेट डील’ गर्दै हरेक मिडियाले समाचारलाई ‘द्रव्य’ आर्जनको भाँडो र सूचनालाई ‘बार्गेनिङ’ गर्ने हतियार बनाउँछन् भन्‍ने आम बुझाईलाई चिर्दै सत्य, तथ्य र सही सूचनामा आधारित व्यावसायिक पत्रकारिता बिजनेशपाना डटकमको मूल चरित्र हुनेछ । आम पाठकवर्ग, विज्ञापनदाता, उद्यमी-व्यवसायी तथा शुभेच्छुकबाट अमूल्य साथ, सहयोग र सद्भाव प्राप्त हुनेमा हामी विश्‍वस्त छौं ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img