Monday, July 13, 2026
spot_img

बिजनेशपाना प्रकाशकीय

spot_img

बिजनेशपाना डटकम (www.businesspana.com) विधिवत् रुपमा आर्थिक अनलाइन मिडियाका रुपमा आम पाठकमाझ आएको छ । सूचना प्रविधिको उपयोग बढ्दै गईरहेका बेला कुनै एक अनलाइन सञ्चारमाध्यमको जन्म हुनु वा सञ्चालनमा आउनु आफैमा अनौठो विषय होइन । मुख्य कुरा सञ्चारमाध्यमहरु मूलुकको सर्वाङ्गीण विकासको उदेश्यमा केन्द्रित छन् कि कुनै ‘एजेण्डा सेट’को लागि पैरवी गर्ने थलोका रुपमा विकसित भइरहेका छन् भन्ने हो ।

खासगरी कोभिड–१९ को विश्वव्यापी प्रभाव र मध्यपूर्वसहित विश्वका कतिपय मुलुकमा युद्धका छनक देखिए पश्चात् त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको अवस्था छ । उत्पादनमा आएको संकुचनले विज्ञापन बजार साँघुरिएको छ भने समग्र अर्थतन्त्र नै लयमा आउन सकेको छैन । बजारको यो तथ्य जान्दाजान्दै पनि नेपाली अर्थतन्त्रको विकास र बिस्तार तथा निजी क्षेत्रको बिस्तारबाट राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादमा पुग्ने संविधानको लक्ष्यमा सारथी बन्ने पवित्र ध्येयका साथ हामी आएका छौं ।

हामीले नेपाली अर्थतन्त्रमाथि मडारिएको कालो बादलमात्रै देखिरहेका छैनौँ, क्षितिजबाट अघि बढ्दै गरेका आशाका किरणहरु पनि देखिरहेका छौँ । मूलुकको अर्थतन्त्रको विकासमा सघाउने, बाह्य र आन्तरिक अनेकन कारणले दबावमा रहेको अर्थतन्त्रमा सुधार ल्याउने उदेश्यमा केन्द्रित बहस तथा पैरवी गर्ने दायित्वप्रति हामी दृढसंकल्पित छौँ ।

पछिल्लो समय विज्ञापन क्षेत्रमा आएको संकुचन र बजारमा अनेकरुपमा चलिरहेका ‘सिन्डिकेट’, ‘कार्टेलिङ’ ईत्यादिका कारणले सञ्चारमाध्यमहरुको सम्पादकीय स्वतन्त्रतामा ह्रास आएको हाम्रो बुझाई छ । बजारको कुनैपनि विषयले आम पाठकको सूचनाको अधिकारमाथि नकारात्मक प्रभाव पार्नु हुँदैन भन्‍नेमा सदैव सचेत र प्रतिबद्ध छौँ ।

विश्‍वव्यापीकरण, खुला बजार अर्थतन्त्र, राष्ट्रिय पूँजी निर्माण, घरेलु अर्थतन्त्र आदिका सम्बन्धमा प्रचलनमा रहेका राष्ट्रिय-अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तमा विश्वास राख्दै उपभोक्ता अधिकारको पक्षमा समर्पित रहनु हाम्रो मूल उदेश्य हुनेछ । हाल नेपालमा सञ्चालनमा रहेका कुनैपनि आर्थिक मिडियासँग प्रतिस्पर्धा गर्नु हाम्रो लक्ष्य होईन । विश्‍वव्यापी मान्यता र नेपालमा भएका असल अभ्यासलाई बढावा दिँदै आर्थिक धारका मिडियाको मानकको रुपमा आफुलाई प्रस्तुत गर्ने जमर्को हामीले गर्नेछौँ ।

अनलाइन मिडियाहरूको बाढी आइरहेको वर्तमान समयमा ‘कर्पोरेट डील’ गर्दै हरेक मिडियाले समाचारलाई ‘द्रव्य’ आर्जनको भाँडो र सूचनालाई ‘बार्गेनिङ’ गर्ने हतियार बनाउँछन् भन्‍ने आम बुझाईलाई चिर्दै सत्य, तथ्य र सही सूचनामा आधारित व्यावसायिक पत्रकारिता बिजनेशपाना डटकमको मूल चरित्र हुनेछ । आम पाठकवर्ग, विज्ञापनदाता, उद्यमी-व्यवसायी तथा शुभेच्छुकबाट अमूल्य साथ, सहयोग र सद्भाव प्राप्त हुनेमा हामी विश्‍वस्त छौं ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img