आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ पुगेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ६ सय ८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ९९ रुपैयाँ तोकिएको छ ।