आज तिहारको लक्ष्मी पूजाको दिन पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । हिजो बुधबार प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा एकैपटक ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर प्रतितोला २ हजार ९० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ९२ रुपैयाँ तोकिएको छ ।