आज सोमबार सुनको भाउ घटेको छ । हिजो आइतबार तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३० हजार ५७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८४० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५७७ रुपैयाँ ५० पैसा तोकिएको छ ।