आज बुधबार सुनको भाउले नयाँ इतिहास कायम गरेको छ । मंगलबार तोलाको तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर तोलाको १ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
यसअघि भदौ २ गते आइतबार सुनको भाउ तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेर इतिहासकै महँगो भएको थियो । आज उक्त रेकर्ड तोडिएको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३१ हजार १७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८५३ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५७३ रुपैयाँ तोकिएको छ ।