Tuesday, July 15, 2025

आज किन तोकिएन सुनको भाउ ?

spot_img
spot_img

सुनचाँदी व्यवसायीहरुको आन्दोलनका कारण आज असार १५ गते सुनचाँदीको भाउ नै तोकिएको छैन । हरेक दिन बिहान १०ः३० बजे आसपास सुनचाँदीको भाउ सार्वजनिक हुने भएपनि आज भने मूल्य सार्वजनिक गरिएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार सुनचाँदी व्यवसायीहरुको आन्दोलनको कार्यक्रम अन्तर्गत आज भाउ नतोकिएको हो । ‘हामी निरन्तर आन्दोलनमा छौँ, आन्दोलनकै कार्यक्रम अन्तर्गत आजबाट मूल्य सार्वजनिक गर्न पनि रोकेका छौँ’ उनले भने, ‘देशभरी नै पसल बन्द गरेर व्यवसायीहरु आन्दोलनमा सहभागी हुनु भएको छ ।’

‘भाउ नतोक्दा गहना किन्न आउने र बेच्न आउने ग्राहकलाई मर्का पर्ला नि ?’ भन्ने प्रश्नमा शाक्यले थप्छन्, ‘पसल नै बन्द भएपछि कारोबारको कुनै सवाल नै भएन नि ।’

उनका अनुसार आजबाट मूल्य तोक्न रोकिएको हो, अझै केही दिनसम्म यहीँ स्वरुपको आन्दोलन जारी रहने छ । ‘विकल्प केही निस्किन्छ कि भनेर त्यसतर्फ पनि सोचेका छौँ’ उनले भने ।

बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता कर लगाइएको र गहनामा हिरा लगायतका बहुमूल्य पत्थर जडान गर्दा १३ प्रतिशत भ्याट लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...

हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ...

यस वर्षको ‘इप्पान उर्जा ज्योति सम्मान’ प्रबल अधिकारीलाई 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले यस वर्षको 'इप्पान उर्जा...
spot_img