आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६७ हजार ९ सय ५५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला २ हजार २ सय २५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ९ सय ७ रुपैयाँ ५० पैसा तोकिएको छ ।