आज बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६४ हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८४ रुपैयाँ ५० पैसा तोकिएको छ।