आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५० हजार ८ सय ९० रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा कायम भएको सुनको भाउ यो नै हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ४० रुपैयाँ ५० पैसा तोकिएको छ ।