आज बुधबार सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५० हजार ८ सय ९० रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ५३ रुपैयाँ ५० पैसा तोकिएको छ ।