आज मंगलबार सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । सोमबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५० हजार २ सय ५ रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ५७ रुपैयाँ ५० पैसा तोकिएको छ ।