आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटर प्रतितोला २ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ५३ पैयाँ ५० पैसा तोकिएको छ ।