आज शुक्रबार सुनको भाउले ऐतिहासिक उचाई कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन तोलामा ४ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ ।
आज नेपाली बजारमा कायम भएको सुनको भाउ हाल सम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ५७ रुपैयाँ ५० पैसा तोकिएको छ ।