आज आइतबार पनि सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३४ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा तोकिएको छ ।