लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन आज कार्तिक २० गतेसम्म कायम सेयर धनी हुनुपर्नेछ । आज कात्तिक २० गते मंगलबारसम्म कायम सेयरधनीले यी २ कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
यी २ वटै कम्पनीले हकप्रद सेयरको लागि कात्तिक २१ गते अर्थात् भोली बुधबार बुक क्लोज गर्दैछन् ।
बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । यसले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस कम्पनीले १ः०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।