Monday, January 20, 2025
spot_img

हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको हो। कम्पनीले ९९ करोड बराबरको हकप्रद निष्काशन गरेको छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले हकप्रद निष्काशनको लागि २०८१ असार २० गते बुकक्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्।

नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

यो पनि : हिमालय उर्जा विकास कम्पनीले बनाएका दुवै आयोजनाको विद्युत भारत निर्यात हुने

- Advertisement -

spot_img

नयाँ अध्यादेशको स्प्रीटमा नियमावली र कार्यविधि ल्याउन अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले...

अर्थ मन्त्रालयले भन्यो ‘मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ’

अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्र सुधार उन्मुख रहेको बताएको छ। आईतबार...

सरकारले अर्थतन्त्र र बैंक डुब्न दिदैन: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको अर्थतन्त्र र बैंक...

महासंघद्वारा सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग...

नाडाद्वारा भारतको नयाँ दिल्लीमा नेपाल-भारत व्यापार सम्झौताबारे छलफल

भारतको नयाँ दिल्लीमा नेपाल-भारत व्यापार सम्झौताबारे छलफल भएको छ। ...