Wednesday, February 11, 2026
spot_img

ब्याज घट्दा एचआईडीसीएलको नाफा प्रभावित, रिजर्भको आकार भने बढ्यो

spot_img
spot_img

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३३.१६ प्रतिशतले घटेको छ।

यस अवधिमा कम्पनीले ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ९ करोड थियो । यस अवधिमा कम्पनीको ब्याज आम्दानी १ अर्ब ५८ करोडबाट घटेर १ अर्ब ५ करोडमा सिमित भएको छ। ब्याजदर घट्दा कम्पनीले गरेका ऋण लगानीबाट कम प्रतिफल आएको र त्यसले नाफालाई पनि प्रभाव पारेको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीले लाभांश आम्दानी वापत १ करोड ६१ लाख आर्जन गरेको छ।

कम्पनीको चुक्ता पुँजी २४ अर्ब ५५ करोड रहेको छ भने कम्पनीको रिजर्भको आकार २ अर्ब ७९ करोडबाट बढेर ३ अर्ब ६२ करोड पुगेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ९६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ७८ पैसा रहेको छ।

कम्पनीका अनुसार कम्पनीबाट हालसम्म ४४ बटा आयोजनामा रु ५९ अर्व ८४ करोड लगानी स्वीकृत भएकोमा रु १४ अर्व ४ करोड प्रवाह भई रु ४५ अर्व ८० करोड प्रवाह हुन बाँकी रहेको छ । स्वीकृत लगानीको रकम अपेक्षा अनुसार समयमा प्रवाह हुन नसक्दा बैंक मौज्दातमा वृद्दि भएको छ । कम्पनीबाट जलविद्युत परियोजनामा प्रवाह भएको कर्जामध्ये समीक्षा अवधिको अन्त्यसम्ममा रु. ६ अर्व ९७ करोड कर्जा बाँकी (Loan Outstanding) रहेको छ । सञ्चालनमा आएका आयोजनाहरुबाट कर्जा भूक्तानी तालिका अनुरुप नियमित रुपमा कर्जा असूली भईरहेको छ । यसैगरी, आ.व. २०८१/८२ को चैत्र मसान्तसम्ममा बजार मूल्य अनुसार स्वपूँजी लगानी अन्तर्गत सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत तथा नविकरणिय ऊर्जा सम्बन्धि परियोजना कम्पनीहरुमा रु. ४ अर्ब ५० करोड लागत मूल्य अनुसार रु ३ अर्व ४३ करोड) स्वपूँजी लगानी भएको छ ।

कम्पनीले आफ्नो सहायक कम्पनी मार्फत् अघि बढाएको घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत आयोजनाहरुको शेयर सर चनामा नेपाल विद्युत प्रधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेड समेतलाई सहभागी गराइ शेयर संरचना परिवर्तन गरि एको छ । घुन्सा खोला जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता र वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ । सिम्बुवा खोला जलविद्युत आयोजनाहको निर्माण पूर्वका अन्य कार्यहरु सम्पन्न भइ विद्युत खरिद विक्री सम्झौता र वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेका छन् ।

कम्पनीले समीक्षा अवधिको अन्त्यसम्ममा गत वर्षको सोहि अवधिको तुलनामा कर अघिको मुनाफामा ३३.४० प्रतिशतले घट्न गइ रु. १ अर्ब ३ करोड ४४ लाख आर्जन गरेको छ । यस अवधिमा बैंकको व्याजदरमा व्यापक गिरावट आई कम्पनीबाट भएको लगानीको प्रतिफलमा नकारात्मक असर पर्न गएका कारण नाफा घट्न गएको कम्पनीले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने...

पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको...

डिजिटल ट्रान्सफर्मेसनको लागि विश्व बैंकले ७ अर्ब दिने, नागरिक एपलाई ४ मिलियन डलर

विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउन र...

अघि बढ्ने भयो एसएमई कम्पनीको आईपीओ, नेप्सेले स्वीकृतिको लागि पठायो विनियमावली

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'साना तथा मझौला संगठित संस्थाको...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय...

आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?

केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा...
spot_img